Green Resilient Agricultural Productive Ecosystems
GRAPE कार्यक्रमले नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा दिगो कृषि पारिस्थितिक प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको छ । यसो गर्दा, कार्यक्रमले हरित स्थानीय आर्थिक विकासलाई सहयोग गर्दछ। यस कार्यक्रम मार्फत किसान, सहकारी र साना व्यवसायीहरूलाई स्थानीय स्तरमा आर्थिक रूपमा सक्षम एवं जलवायु अनुकूल मूल्य श्रृंखलाहरू निर्माण गर्न सक्षम हुनेछन् । तालिमको माध्यमबाट उनीहरूले एकीकृत बाली व्यवस्थापन, चक्रीय बाली प्रणाली तथा प्रांगारिक खेतीसम्बन्धी तौरतरिका, कृषि वन, र जलस्रोत व्यवस्थापन कसरी गर्ने जस्ता विभिन्न अभ्यासहरू सिक्दछन् । कार्यक्रमले नगरपालिकाहरूलाई उनीहरूको योजनामा जलवायु परिवर्तन सान्दर्भिक लगानी र परियोजनाहरू आवद्ध गर्न सहयोग गर्दछ । सहकार्यात्मक कार्य अनुसन्धान र बहु–कर्ता सहायता कार्यान्वयनद्वारा परियोजनाले जलवायु–उत्थानशील कृषिको प्रवद्र्धन र परियोजनाको समयावधि भन्दा बाहिर पनि उपयोगी ज्ञानको सह–सृजना र साझेदारीका लागि नेपाली सरोकारवालाहरूलाई सहयोग गर्दछ ।
हिमाल
पहाड
तराई
दीर्घकालीन दिगो आर्थिक विकासका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास साझेदार समूह दुवैले अपनाएको हरित, उत्थानशील एवं समावेशी विकास पहलमा ले नेपालको राष्ट्रियरूपमा निर्धारित योगदान (एनडीसी) मा मद्दत पु¥याउँछ । टीम युरोप अवधारणा अन्तर्गत GRAPE लाई युरोपेली संघ, फिनल्याण्ड सरकारको विदेश मामिला मन्त्रालय र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) ले संयुक्तरूपमा लगानी गरेको छ ।
हाम्रो पद्दति
कार्यक्षेत्रहरू
यस कार्यलाई चार कार्यक्षेत्रहरू मार्फत सञ्चालन गरिनेछ जसले सम्बन्धित उत्पादनहरूको उपलब्धिमा योगदान पुर्याउँछ।
रोल आउट
कार्य अनुसन्धान मार्फत पहिचान गरिएको मूल्य-श्रृंखला विकासको लागि दिगो पद्दति अपनाउने।
थप पढ्नुहोस्