Bermain di Slot gacor 2025 memberikan kesempatan lebih besar meraih jackpot maxwin melalui link situs slot gacor terpercaya yang sudah terbukti aman, mudah dimenangkan, dan penuh keuntungan cuan di slot gacor.
अब तीन दिनमै सुक्छ अदुवा
location
Khumaltar, Lalitpur

अब तीन दिनमै सुक्छ अदुवा

24 Dec, 2024

कर्णालीमा अदुवा उत्पादनको राम्रो सम्भावना छ । तर आवश्यक प्रशोधन नहुँदा अदुवाले मूल्य पाइरहेको थिएन । किसानले बजारिकरणको समस्या भोगिरहेका थिए । त्यहीक्रममा उद्यमी समिर नेवाले कर्णालीमा अदुवा प्रशोधन गर्ने उद्योगको सम्भावना देख्नुभयो । उहाँकै नेतृत्वमा सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमारमा २०७२ सालमा अदुवा प्रशोधन उद्योग स्थापना भयो । अदुवा र बेसारलाई आवश्यक प्रशोधन गरेर उद्योगले बिक्री गर्न थाल्यो । अर्गानिक   उत्पादन भएकाले विदेशबाट नै धेरै माग आउन थाल्यो ।
    छोटो समयमै उद्योगले अन्तर्राष्ट्रिय बजारसम्म अदुवा निर्यात गर्न सफल भयो । उद्योगले बिक्रीको ग्यारेण्टी गरेपछि किसानले उत्पादन बढाए । ठूलो मात्रामा अदुवा उद्योगमा भित्रिन थालेपछि सुकाउन कठिन भयो । राम्रोसँग सुकाउन नसकेकै कारण उद्योगमै अदुवा कुहिन थाल्यो । अदुवा सुकाउनका लागि घामबाहेक अर्को विकल्प थिएन । तर हिँउँदको समयमा लाग्ने हुस्सु र बादल तथा वर्षात्‌को पानीले गर्दा सबै अदुवा घाममा सुकाउन सम्भव भएन । जसलेगर्दा उद्योगमा रहेको अदुवामा ढुसी लाग्ने र कुहिने समस्या बढ्‌यो । सुकाउन नसक्दा ठूलो मात्रामा अदुवा कुहिएर खेर जान्थ्योे । यसबाट उद्योगले बर्सेनी आर्थिक घाटा बेर्होनु पर्‍यो ।
    तर अब भने अदुवा र बेसार कुहिदैन । किनकी उद्योगमा अदुवा र बेसार सुकाउनका लागि  न्च्ब्एभ् परियोजना र उद्योगको साझेदारीमा हरितगृह सुकाउने प्रणाली (ग्रिनहाउस ड्राइङ प्रविधि) स्थापना गरिएको छ । यो प्रविधिस्थापना भएपछि उद्योगमा अदुवा कुहिएर खेर जाने समस्या हटेको हो । ‘अदुवा र बेसारको मुख्य सिजन हिँउदमा हो, तर हिउँदमा राम्रोसँग घाम नलाग्दा निकै समस्या हुन्थ्यो’ अदुवा प्रशोधन उद्योगका संचालक समिर नेवाले भन्नुभयो,‘पहिला हामीसँग खुला स्थानमा फिजाएर घाममा सुकाउनुपर्ने बाध्यता थियो, तर घाम नलाग्दा र बर्षात् हुँदा अदुवा सुकाउनै मुस्किल हुन्थ्यो ।’ बर्षमा २३ सय मेट्रिकटनसम्म अदुवा र बेसार आउने भएकाले घाममा सुकाउन सम्भव थिएन । तर हिजोआज भने खुला चौरमा घाममा सुकाउनुपर्ने बाध्यता छैन । उहाँकाअनुसार ग्रिनहाउसमासुकाउन थालेपछि सुकाउने समय उल्लेखनिय रुपमा घटेपछि उद्योगमा रहेको अदुवा कुहिने र ढुसी लागेर खेर जाने समस्या समाधान भएको हो ।
    किसानबाट खरिद गरिएको अदुवालाई उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ ।  अदुवाका सुकेका चाना र त्यसबाट बनेको  पाउडर विदेशसम्म निर्यात हुन्छ । तर अदुवालाई धुलो (पाउडर) बनाउनु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्दछ । सुरुमा अदुवालाई राम्रोसँग धोएर पखाल्नु पर्दछ । त्यसपछि त्यसलाई काटेर सुकाउनु पर्दछ । राम्रोसँग सुकेपछि त्यसलाई पाउडर बनाएर प्याकिङ गरिन्छ । अनिमात्र अदुवा बजारमा पठाउन सुरु हुन्छ । अदुवालाई खुला स्थानमा सुकाउन सहज छैन । त्यसका लागि राम्रोसँग घाम लाग्नुपर्दछ । पुस र माघको चिसो महिनामा त खुला स्थानमा अदुवा सुकाउन १४ दिनजति लाग्छ । तर ग्रिनहाउसमाभने बढीमा ६ दिनमै अदुवा सुक्छ । 
उद्योगमा कार्यरत कर्मचारी टिका वली भन्नुहुन्छ,‘खडेरीको बेलामा बाहिर घाम चर्को लाग्छ, त्यो बेलामा त झन् ग्रिनहाउसमातीन दिनमै अदुवा सुक्छ ।’ उहाँका अनुसार ग्रिनहाउसको एउटा युनिटमा एक पटकमा चारसय किलोसम्म अदुवा सुकाउन सकिन्छ । यसकारण पनि अब उद्योगमा अदुवा र बेसार सुकाउनका लागि कुनै समस्या छैन । विगतमा भोगेको दुख सम्झदैं उहाँले भन्नुभयो,‘पहिले खुला स्थानमा फिजाएर घाममा सुकाउँथ्यौं, कुनैपनि बेलामा आकाशबाट पानी आउँथ्यो । भिजेपछि झन् ढुसी लाग्थ्यो, अचेल त बादल र पानीको कुनै त्रास छैन ।’ उहाँकाअनुसार ग्रिनहाउस ड्राइङ सिष्टममा सिस्नो ६ घण्टामै सुक्छ । त्यसैगरी टिमुर २ दिनमा, अदुवा र बेसार भने तीन दिनमा सुक्छ । उहाँका अनुसार ग्रिनहाउसमा सुकाउन थालेपछि बर्सेनी ८० लाख रुपैयाँ बराबरको अदुवा र बेसार जोगिन थालेको छ । यसबाट नाफा भएको रकम उद्योगको क्षमता र संरचना विस्तारमा लगानी गरिएको संचालक नेवाले बताउनुभयो ।
ग्रिन हाउस ड्राइङ सिष्टमले कसरी काम गर्छ ?
    ग्रिनहाउस ड्राइङ सिष्टम अदुवा र बेसार लगायतका कृषिजन्य उत्पादनहरु छिटो र सहज तरिकाबाट सुकाउनका लागि स्थापना गरिएको प्लाष्टिकको घर हो । जहाँ बाहिरबाट घाम, पानी र हावा छिर्न पाउँदैन । अर्थात यो एक स्वचालित प्रणाली हो । बाहिरबाट घाम र्छिन नपाए पनि यसभित्रको तापक्रममा अदुवा र बेसार भने चाँडै सुक्छ । सामान्यतया बाहिरी वातावरणको तुलनामा यसभित्रको तापक्रम बढी हुन्छ । यसकारण पनि यहाँ सुकाइएको अदुवा र बेसार चाँडै सुक्ने गर्दछ । 
यो सिष्टममा बाहिरबाट हावा, पानी र घाम छिर्न नदिन प्लाष्टिकको घर हुन्छ । त्यही घरभित्र हिटर र पंखा पनि राखिएका छन् । जहाँ आवश्यक पर्दा हिटर चलाएर तापक्रम व्यवस्थापन गरिन्छ । यो सिष्टममा औसतमा ६० डिग्रीसम्म तापक्रम हुन्छ । बाहिर ३० डिग्री घाम लागेको अवस्थामा ग्रिनहाउस ड्राइङ सिष्टमको तापक्रम भने ४८ डिग्री हुन्छ । त्यसैगरी बाहिरको तापक्रम ३५ डिग्री आसपास हुँदा सिष्टमभित्र ६७ डिग्रीसम्म तापक्रम पुग्छ । 
तर अदुवा र बेसार सुकाउनका लागि भने ६० डिग्रीभन्दा माथीको तापक्रम आवश्यक पर्दैन । यही तापक्रमका कारण अदुवा र बेसार चाँडै सुक्ने गर्दछ । जसले अदुवा र बेसार कुहिएर खेर जान पाउँदैन । यो स्थापना गर्दा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।  जसमा न्क्ष्श्रन्च्ब्एभ् परियोजनाको ४९ प्रतिशत लगानी छ । बाँकी लगानी उद्योगको हो । उद्योगका संचालक समिर नेवा भन्नुहुन्छ,‘यो महँगो प्रविधि हो, सामान्य लगानीले पुग्दैन । दाताको सपोर्टले गर्दा सजिलो भयो,  न्क्ष्श् सँगको साझेदारीले गर्दा यो प्रविधि स्थापना गर्न सम्भव भयो ।’ 
यूरोप पुग्न थाल्यो अदुवा र बेसार
    कालीदमारस्थित द अर्गानिक भ्यालीमा रहेको यो अदुवा प्रशोधन उद्योगको अदुवा स्वदेशमा भन्दा विदेशमा बढी निर्यात हुन्छ । यहाँ उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले यूरोपबाट यसको माग बढी छ । यस्तै जर्मनीबाट समेत अदुवाको माग आइरहेको उद्योगले जनाएको छ । औसतमा एक सिजनमा यो उद्योगबाट ६ लाख यूरो बराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ ।
    उद्योगका संचालक समिर नेवा भन्नुहुन्छ,‘उत्पादन धेरै भएको बेलामा हामीले १२ लाख यूरो बराबरको अदुवा निर्यात गरेका छौं, औसतमा बर्सेनी ६ लाख यूरो बराबरको अदुवा र बेसार विदेश निर्यात हुन्छ । अब किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्दछ ।’ ग्रिनहाउस ड्राइङ सिष्टम स्थापना भएकाले अब सहजै बर्सेनी १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन गर्न सकिने नेवाले जानकारी दिनुभयो । अब सुकाउन समस्या नभएकाले १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटन बेसार प्रशोधन गर्न सकिने उहाँको भनाइ छ । 
    ‘खुला स्थानमा सुकाउँदा अदुवा र बेसारमा माटो मिसिन्थ्यो’ नेवा भन्नुहुन्छ,‘विभिन्न किराको संक्रमणले अदुवा बिषाक्त हुन्थ्यो, तर अब सुरक्षित र शुद्ध हुन्छ । ग्रिनहाउस ड्राइङ सिष्टममा सुकाउँदा बाहिरी संक्रमण हुन पाउँदैन, यसले पनि हामीले उत्पादन गरेको अदुवा र बेसारमा विदेशीहरुको विश्वास बढ्‌दो छ ।’ यो उद्योगले हाल १४ जना कर्मचारी र ७० जना कामदारलाई रोजगारी दिएको छ । जसमा ७० प्रतिशत महिला कार्यरत छन् । त्यहीक्रममा उद्यमी समिर नेवाले कर्णालीमा अदुवा प्रशोधन गर्ने उद्योगको सम्भावना देख्नुभयो । उहाँकै नेतृत्वमा सुर्खेतको भेरीगंगा नगरपालिका-५ कालीदमारमा २०७२ सालमा अदुवा प्रशोधन उद्योग स्थापना भयो । अदुवा र बेसारलाई आवश्यक प्रशोधन गरेर उद्योगले बिक्री गर्न थाल्यो । अर्गानिक   उत्पादन भएकाले विदेशबाट नै धेरै माग आउन थाल्यो ।

      छोटो समयमै उद्योगले अन्तर्राष्ट्रिय बजारसम्म अदुवा निर्यात गर्न सफल भयो । उद्योगले बिक्रीको ग्यारेण्टी गरेपछि किसानले उत्पादन बढाए । ठूलो मात्रामा अदुवा उद्योगमा भित्रिन थालेपछि सुकाउन कठिन भयो । राम्रोसँग सुकाउन नसकेकै कारण उद्योगमै अदुवा कुहिन थाल्यो । अदुवा सुकाउनका लागि घामबाहेक अर्को विकल्प थिएन । तर हिँउँदको समयमा लाग्ने हुस्सु र बादल तथा वर्षात्‌को पानीले गर्दा सबै अदुवा घाममा सुकाउन सम्भव भएन । जसलेगर्दा उद्योगमा रहेको अदुवामा ढुसी लाग्ने र कुहिने समस्या बढ्‌यो । सुकाउन नसक्दा ठूलो मात्रामा अदुवा कुहिएर खेर जान्थ्योे । यसबाट उद्योगले बर्सेनी आर्थिक घाटा बेर्होनु पर्‍यो ।

      तर अब भने अदुवा र बेसार कुहिदैन । किनकी उद्योगमा अदुवा र बेसार सुकाउनका लागि  न्च्ब्एभ् परियोजना र उद्योगको साझेदारीमा हरितगृह सुकाउने प्रणाली (ग्रिनहाउस ड्राइङ प्रविधि) स्थापना गरिएको छ । यो प्रविधिस्थापना भएपछि उद्योगमा अदुवा कुहिएर खेर जाने समस्या हटेको हो । ‘अदुवा र बेसारको मुख्य सिजन हिँउदमा हो, तर हिउँदमा राम्रोसँग घाम नलाग्दा निकै समस्या हुन्थ्यो’ अदुवा प्रशोधन उद्योगका संचालक समिर नेवाले भन्नुभयो,‘पहिला हामीसँग खुला स्थानमा फिजाएर घाममा सुकाउनुपर्ने बाध्यता थियो, तर घाम नलाग्दा र बर्षात् हुँदा अदुवा सुकाउनै मुस्किल हुन्थ्यो ।’ बर्षमा २३ सय मेट्रिकटनसम्म अदुवा र बेसार आउने भएकाले घाममा सुकाउन सम्भव थिएन । तर हिजोआज भने खुला चौरमा घाममा सुकाउनुपर्ने बाध्यता छैन । उहाँकाअनुसार ग्रिनहाउसमासुकाउन थालेपछि सुकाउने समय उल्लेखनिय रुपमा घटेपछि उद्योगमा रहेको अदुवा कुहिने र ढुसी लागेर खेर जाने समस्या समाधान भएको हो ।

    किसानबाट खरिद गरिएको अदुवालाई उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ ।  अदुवाका सुकेका चाना र त्यसबाट बनेको  पाउडर विदेशसम्म निर्यात हुन्छ । तर अदुवालाई धुलो (पाउडर) बनाउनु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्दछ । सुरुमा अदुवालाई राम्रोसँग धोएर पखाल्नु पर्दछ । त्यसपछि त्यसलाई काटेर सुकाउनु पर्दछ । राम्रोसँग सुकेपछि त्यसलाई पाउडर बनाएर प्याकिङ गरिन्छ । अनिमात्र अदुवा बजारमा पठाउन सुरु हुन्छ । अदुवालाई खुला स्थानमा सुकाउन सहज छैन । त्यसका लागि राम्रोसँग घाम लाग्नुपर्दछ । पुस र माघको चिसो महिनामा त खुला स्थानमा अदुवा सुकाउन १४ दिनजति लाग्छ । तर ग्रिनहाउसमाभने बढीमा ६ दिनमै अदुवा सुक्छ । 

     उद्योगमा कार्यरत कर्मचारी टिका वली भन्नुहुन्छ,‘खडेरीको बेलामा बाहिर घाम चर्को लाग्छ, त्यो बेलामा त झन् ग्रिनहाउसमातीन दिनमै अदुवा सुक्छ ।’ उहाँका अनुसार ग्रिनहाउसको एउटा युनिटमा एक पटकमा चारसय किलोसम्म अदुवा सुकाउन सकिन्छ । यसकारण पनि अब उद्योगमा अदुवा र बेसार सुकाउनका लागि कुनै समस्या छैन । विगतमा भोगेको दुख सम्झदैं उहाँले भन्नुभयो,‘पहिले खुला स्थानमा फिजाएर घाममा सुकाउँथ्यौं, कुनैपनि बेलामा आकाशबाट पानी आउँथ्यो । भिजेपछि झन् ढुसी लाग्थ्यो, अचेल त बादल र पानीको कुनै त्रास छैन ।’ उहाँकाअनुसार ग्रिनहाउस ड्राइङ सिष्टममा सिस्नो ६ घण्टामै सुक्छ । त्यसैगरी टिमुर २ दिनमा, अदुवा र बेसार भने तीन दिनमा सुक्छ । उहाँका अनुसार ग्रिनहाउसमा सुकाउन थालेपछि बर्सेनी ८० लाख रुपैयाँ बराबरको अदुवा र बेसार जोगिन थालेको छ । यसबाट नाफा भएको रकम उद्योगको क्षमता र संरचना विस्तारमा लगानी गरिएको संचालक नेवाले बताउनुभयो ।


ग्रिन हाउस ड्राइङ सिष्टमले कसरी काम गर्छ ?

    ग्रिनहाउस ड्राइङ सिष्टम अदुवा र बेसार लगायतका कृषिजन्य उत्पादनहरु छिटो र सहज तरिकाबाट सुकाउनका लागि स्थापना गरिएको प्लाष्टिकको घर हो । जहाँ बाहिरबाट घाम, पानी र हावा छिर्न पाउँदैन । अर्थात यो एक स्वचालित प्रणाली हो । बाहिरबाट घाम र्छिन नपाए पनि यसभित्रको तापक्रममा अदुवा र बेसार भने चाँडै सुक्छ । सामान्यतया बाहिरी वातावरणको तुलनामा यसभित्रको तापक्रम बढी हुन्छ । यसकारण पनि यहाँ सुकाइएको अदुवा र बेसार चाँडै सुक्ने गर्दछ । 

      यो सिष्टममा बाहिरबाट हावा, पानी र घाम छिर्न नदिन प्लाष्टिकको घर हुन्छ । त्यही घरभित्र हिटर र पंखा पनि राखिएका छन् । जहाँ आवश्यक पर्दा हिटर चलाएर तापक्रम व्यवस्थापन गरिन्छ । यो सिष्टममा औसतमा ६० डिग्रीसम्म तापक्रम हुन्छ । बाहिर ३० डिग्री घाम लागेको अवस्थामा ग्रिनहाउस ड्राइङ सिष्टमको तापक्रम भने ४८ डिग्री हुन्छ । त्यसैगरी बाहिरको तापक्रम ३५ डिग्री आसपास हुँदा सिष्टमभित्र ६७ डिग्रीसम्म तापक्रम पुग्छ ।

 तर अदुवा र बेसार सुकाउनका लागि भने ६० डिग्रीभन्दा माथीको तापक्रम आवश्यक पर्दैन । यही तापक्रमका कारण अदुवा र बेसार चाँडै सुक्ने गर्दछ । जसले अदुवा र बेसार कुहिएर खेर जान पाउँदैन । यो स्थापना गर्दा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।  जसमा न्क्ष्श्रन्च्ब्एभ् परियोजनाको ४९ प्रतिशत लगानी छ । बाँकी लगानी उद्योगको हो । उद्योगका संचालक समिर नेवा भन्नुहुन्छ,‘यो महँगो प्रविधि हो, सामान्य लगानीले पुग्दैन । दाताको सपोर्टले गर्दा सजिलो भयो,  न्क्ष्श् सँगको साझेदारीले गर्दा यो प्रविधि स्थापना गर्न सम्भव भयो ।’ 


यूरोप पुग्न थाल्यो अदुवा र बेसार
    कालीदमारस्थित द अर्गानिक भ्यालीमा रहेको यो अदुवा प्रशोधन उद्योगको अदुवा स्वदेशमा भन्दा विदेशमा बढी निर्यात हुन्छ । यहाँ उत्पादन हुने अदुवा अर्गानिक र गुणस्तरीय भएकाले यूरोपबाट यसको माग बढी छ । यस्तै जर्मनीबाट समेत अदुवाको माग आइरहेको उद्योगले जनाएको छ । औसतमा एक सिजनमा यो उद्योगबाट ६ लाख यूरो बराबरको अदुवा र बेसार निर्यात हुँदै आएको छ ।

उद्योगका संचालक समिर नेवा भन्नुहुन्छ,‘उत्पादन धेरै भएको बेलामा हामीले १२ लाख यूरो बराबरको अदुवा निर्यात गरेका छौं, औसतमा बर्सेनी ६ लाख यूरो बराबरको अदुवा र बेसार विदेश निर्यात हुन्छ । अब किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्दछ ।’ ग्रिनहाउस ड्राइङ सिष्टम स्थापना भएकाले अब सहजै बर्सेनी १५ सय मेट्रिकटन अदुवा र बेसार प्रशोधन गर्न सकिने नेवाले जानकारी दिनुभयो । अब सुकाउन समस्या नभएकाले १२ सय मेट्रिकटन अदुवा र ३ सय मेट्रिकटन बेसार प्रशोधन गर्न सकिने उहाँको भनाइ छ । 

‘खुला स्थानमा सुकाउँदा अदुवा र बेसारमा माटो मिसिन्थ्यो’ नेवा भन्नुहुन्छ,‘विभिन्न किराको संक्रमणले अदुवा बिषाक्त हुन्थ्यो, तर अब सुरक्षित र शुद्ध हुन्छ । ग्रिनहाउस ड्राइङ सिष्टममा सुकाउँदा बाहिरी संक्रमण हुन पाउँदैन, यसले पनि हामीले उत्पादन गरेको अदुवा र बेसारमा विदेशीहरुको विश्वास बढ्‌दो छ ।’ यो उद्योगले हाल १४ जना कर्मचारी र ७० जना कामदारलाई रोजगारी दिएको छ । जसमा ७० प्रतिशत महिला कार्यरत छन् ।