location
ललितपुर

साझेदारहरू

साझेदारहरू

साझा लक्ष्य हासिल गर्न सहकार्य

GRAPE कार्यक्रमलाई युरोपेली संघ (इयु), फिनल्याण्ड सरकारको विदेश मामिला मन्त्रालय र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालय (बीएमजेड) द्वारा संयुक्त रूपमा लगानी गरिएको छ र जीआइजेडद्वारा कार्यान्वयन गरिएको छ । यसले हरित, उत्थानशीलता र समावेशी विकास पहलमा योगदान पु¥याउँछ । GRAPE को उद्देश्य कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु–उत्थानशील, हरित आर्थिक वृद्धि प्रवद्र्धन गर्नु हो । धेरै साझेदारहरूले ग्रेप कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्दछन् :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, देशभर उपलब्ध भूमि श्रोतको दक्ष र प्रभावकारी
प्रशासन एवं दिगो व्यवस्थापन सुनिश्चित गर्ने भूमि प्रशासन र व्यवस्थापन गतिविधिहरूको लागि
जिम्मेवार नेपाल सरकारको मन्त्रालय हो ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नेतृत्वमा ग्रेप कार्यक्रम कार्यान्वयन भएको हो ।

वेबसाइटमा जानुहोस्

Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH

जीआइजेड एक संघीय स्वामित्वको क्रियाकलाप हो, जुन विश्वभरका १३० भन्दा बढी देशहरूमा धेरै क्षेत्रहरूमा सञ्चालन भइरहेको छ । एक संघीय क्रियाकलापको रूपमा, जीआइजेडले दिगो विकासको लागि अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा आफ्ना उद्देश्यहरू प्राप्त गर्न जर्मन सरकारलाई सहयोग पु¥याउँछ ।

GRAPE कार्यान्वयनका लागि जीआइजेडसँग सम्झौता गरिएको छ । जीआइजेड टोलीले कारबाहीका सबै क्षेत्रहरूको योजना र कार्यान्वयन सुनिश्चित गर्दछ । यसले कार्यान्वयन साझेदारहरू बीचको सहयोग सुनिश्चित गर्दछ, सञ्चारलाई सहयोग गर्दछ, र कार्यान्वयन साझेदारहरूसँग सम्झौता कायम गर्न मद्दत गर्दछ । जीआइजेडका काम दिगो विकास, परिणाममुखी, आर्थिक सम्भाव्यता, ज्ञान व्यवस्थापन, तथा समावेशीताका सिद्धान्तहरूमा केन्द्रित छन् ।

वेबसाइटमा जानुहोस्

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) हिन्दुकुश हिमालय (एचकेएच) का बासिन्दाहरूका पक्षमा काम गर्ने अन्तरसरकारी ज्ञान एवं सिकाइ केन्द्र हो । इसिमोड काठमाडौँ, नेपालमा अवस्थित छ र यसले आठ क्षेत्रीय सदस्य देशहरू अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तानमा काम गर्दछ ।

इसिमोडले कार्य क्षेत्र २ अन्तर्गतको कार्य अनुसन्धानको कार्यान्वयन गर्ने नेतृत्व लिएको छ । इसिमोड र तिनीहरूका साझेदारहरूले किसानहरू र अन्य मूल्यश्रृंखला कर्ताहरुसँग कुन अभ्यासहरू र प्रविधिहरूले कृषि मूल्य श्रृंखलाहरूको जलवायु उत्थानशीलतालाई सहयोग गर्छन् भन्ने परिक्षण गर्न सहकार्य गर्दछन् । साथै तिनीहरूले जलवायु–उत्थानशील खाद्य उत्पादनलाई बढावा दिन्छन् र छनौट गरिएका ठाउँहरुमा कृषि सम्बन्धी सल्लाह, मौसम पूर्वानुमान र बजार सूचना सेवाहरूको सहयोगमा किसानहरूको लागि डिजिटल पहुँच बढाउँछन् । ग्रेप परियोजनाका अन्य साझेदारहरूसँग मिलेर साझेदार नगरपालिका र त्यसभन्दा बाहिरका पहलहरू र नवीन समाधानहरू लागू गरिन्छ । इसिमोडले कारवाही ४ को क्षेत्रमा ज्ञान र अनुभवको प्रसारलाई पनि सहयोग गर्दछ ।

वेबसाइटमा जानुहोस्

कृषि तथा वन विज्ञान विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । रामपुर, चितवन, नेपालमा अवस्थित एएफयु गुणस्तरीय शिक्षा, अनुसन्धान र विस्तार मार्फत ग्रामीण जनताको सामाजिक आर्थिक अवस्था उकास्न कृषि, पशुपालन, जलखेती र वनको चौतर्फी विकास गर्न प्रतिबद्ध छ । विश्वविद्यालयले कृषिमा गुणस्तरीय अनुसन्धान र विकासमा काम गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

GRAPE भित्र र इसिमोड तथा अन्य साझेदारहरूसँग मिलेर, एएफयुले पर्यावरण उत्थानशील कृषि अभ्यासहरूमा अनुसन्धान कार्य गर्छ र यो ज्ञानलाई लक्ष्य–उन्मुख ज्ञान उत्पादनहरूमा उपलब्ध गराउँछ । एएफयुले प्राविधिक विशेषज्ञता, अनुसन्धान पहल र कार्य–अनुसन्धानको अनुगमनका साथ विद्यार्थी र गैरसरकारी संस्थाहरूलाई सहयोग गर्दछ । कार्य–अनुसन्धानबाट व्यावहारिक ज्ञानको निर्माण गर्दै, एएफयुले उनीहरूको विश्वविद्यालय पाठ्यक्रममा राम्रा अभ्यास एवं सिकाइहरू लिने लक्ष्य राखेको छ ।

वेबसाइटमा जानुहोस्

मध्य–पश्चिम विश्वविद्यालय

मध्य–पश्चिम विश्वविद्यालय एक सरकारी सहयोगमा सञ्चालित उच्च शिक्षा प्रदायक संस्था हो । विश्वविद्यालयको आङ्गिक क्याम्पस र केन्द्रीय प्रशासन कार्यालय सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा रहेको छ । मध्य पश्चिम विश्वविद्यालय सिकाइ, शिक्षण र अनुसन्धानमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्नेतर्फ समर्पित छ ।

कार्यक्षेत्र २ अन्तर्गत, मध्य–पश्चिम विश्वविद्यालय, एएफयु र सिप्रेडसँगको सहकार्यमा कर्णाली प्रदेशमा जलवायु उत्थानशील कृषि प्रविधिहरू पहिचान गरी कार्य अनुसन्धान सञ्चालन गर्दछ । कार्यशालाहरू र सेमिनारहरू मार्फत् तिनीहरूले प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सरोकारवालाहरूसँग परिणाम र ज्ञान साझा गर्छन् । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विश्वविद्यालय पाठ्यक्रममा असल अभ्यास र सिकाइहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

वेबसाइटमा जानुहोस्

सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालय सरकारको सहयोगमा सञ्चालित राष्ट्रिय विश्वविद्यालय हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा अवस्थित छ । सुदूरपश्चिम विश्वविद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध छ र समाजको आवश्यकतालाई सम्बोधन गर्ने अनुसन्धान एवं मौलिकता प्रवद्र्धन र बढावा दिन पनि प्रतिबद्ध छ । कार्य क्षेत्र २ अन्तर्गत, सुदूरपश्चिम विश्वविद्यालय, एएफयु र ली-बर्डसँग मिलेर, सुदूरपश्चिम प्रदेशमा जलवायु उत्थानशील कृषि (सीआरए) प्रविधिहरूको पहिचान र कार्य अनुसन्धान सञ्चालन गर्दछ । कार्यशालाहरू र सेमिनारहरू मार्फत, तिनीहरूले प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सरोकारवालाहरूसँग परिणाम र ज्ञान साझा गर्छन् । सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो विश्वविद्यालय पाठ्यक्रममा असल अभ्यास र सिकाइहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

वेबसाइटमा जानुहोस्

प्राकृतिक संसाधन संस्थान फिनल्याण्ड (Luke)

प्राकृतिक संसाधन संस्थान फिनल्याण्ड (Luke) फिनल्याण्डको कृषि र वन मन्त्रालय अन्तर्गत सञ्चालन हुने अनुसन्धान संस्था हो । ल्युक नवीकरणीय प्राकृतिक स्रोतहरूको दिगो प्रयोगको साथसाथै आरोग्य र ग्रामीण इलाकाको जीवन्ततामा आधारित प्रतिस्पर्धी व्यवसाय प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।

ल्युक साझेदार नगरपालिकाहरूसँग पूर्वसावधानीमा आधारित कार्यशालाहरू सञ्चालन गरेर र खाद्य प्रणालीसम्बन्धी परामर्श लगायतका माध्यमबाट नगरपालिकाका योजनालाई सहयोग गर्दछ । पश्चिम नेपालका GRAPE साझेदार नगरपालिकाहरूसँगको सहकार्यमा उनीहरूले विद्यार्थीहरूका लागि सेमिनारहरू सञ्चालन गर्छन् र नेपाल एवं विदेशका विद्यार्थीहरूबीच संयुक्त अनुसन्धानलाई सहयोग गर्दछन् ।

वेबसाइटमा जानुहोस्

दिगो कृषि र जैविक स्रोतको लागि एसिया सञ्जाल (एसिया नेटवर्क फर सस्टेनेबल एग्रीकल्चर एण्ड बायोरिसोर्सेस – एन्साब)

एसिया नेटवर्क फर सस्टेनेबल एग्रीकल्चर एण्ड बायोरिसोर्सेस (एन्साब) एक गैर–नाफामूलक गैर सरकारी संस्था हो । एन्साब ग्रामीण दक्षिण एशियामा जैविक विविधता संरक्षण र जीविकोपार्जन सुधार गर्न प्रतिबद्ध छ । यसले राष्ट्रिय आर्थिक विकासको सुदृढीकरणएवं जलवायु परिवर्तनलाई सम्बोधन गर्दै विपन्नहरूको जीविकोपार्जन सुधारका लार्गि काम गर्छ ।

एन्साबले कर्णाली प्रदेशमा प्रमाणित जलवायु प्रतिरोधी कृषि (सीआरए) प्रविधिहरूको प्रयोगलाई सहयोग गर्दछ । यस पहलले हिमाली जिल्लाहरूमा कृषि क्षेत्रको सम्भावना र चुनौतीहरूको सम्बन्धमा अध्ययन गर्दछ, जसमा अनियमित जलवायु प्रणाली र स्रोतको ह्रास, जग्गाको खण्डीकृत स्वामित्व, कमजोर बजार सम्पर्क र श्रमिक अभाव लगायत समावेश छन् । अन्साबको कामले खाद्य सुरक्षा, मर्यादित आय र समुदायको उत्थानशीलता बढाउन सहयोग गर्छ ।

वेबसाइटमा जानुहोस्

जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहलहरू (ली-बर्ड)

जैविक विविधता, अनुसन्धान र विकासका लागि स्थानीय पहल (ली-बर्ड) एक गैर–नाफाूलक, गैर–सरकारी संस्था हो । ली-बर्ड साना किसानहरूको जीविकोपार्जन सुधार गर्न प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनको लागि स्थानीय स्रोत, आधुनिकीकरण र संस्थाहरूको लाभ लिन प्रतिबद्ध छ । 

GRAPE भित्र, ली-बर्डले इसीमोडसँग मिलेर कार्य अनुसन्धान (कार्य क्षेत्र २) सञ्चालन गर्न सहयोग गर्दछ र छनौट गरिएका कृषि मूल्य श्रृंखला (कार्य क्षेत्र ३) लाई समर्थन गर्ने प्रमाणित जलवायु स्मार्ट कृषि प्रविधिहरुको प्रयोगलाई सहयोग गर्दछ । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभावहरूबारे सचेतना सिर्जना गरी प्रमाणित जलवायु स्मार्ट कृषि प्रविधि र अभ्यासहरूको प्रयोगलाई सहयोग गर्दै ली-बर्डले लक्षित नगरपालिका भित्र र बाहिरका समुदायहरूलाई मद्दत गर्दछ ।

वेबसाइटमा जानुहोस्

पर्यावरण र कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (सिप्रेड)

पर्यावरण र कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (सिप्रेड) एक गैर–नाफामूलक, गैर–राजनीतिक र गैर–सरकारी संस्था हो । सिप्रेड समावेशी र दिगो ग्रामीण र कृषि विस्तारको लागि प्रतिबद्ध छ, जसले नेपालका विपन्न र पिछडिएका समुदायहरूको गरिबी निवारण र जीविकोपार्जन सुधारमा योगदान पु¥याउँछ। 

GRAPE मा सिप्रेडले इसिमोड र धेरै साझेदार विश्वविद्यालयहरुसँग मिलेर जलवायु उत्थानशील प्रविधिहरू परीक्षण गर्न र प्रमाणित जलवायु उत्थानशील कृषि (सीआरए) अभ्यासहरू र प्रविधिहरू प्रदर्शन गर्नको लागि कर्णाली प्रदेशमा ग्रेपका साझेदार नगरपालिकाहरूमा किसानका खेतमा सहकार्य गर्दछ । GRAPE मा आफ्नो कामभित्र सिप्रेडले किसान र सम्बन्धित सरोकारवालाहरूलाई सीआरएसँग सम्बन्धित तालिम दिन्छ र कार्यशालााहरू र एक्सपोजर भ्रमणहरुमार्फत् ज्ञान बढाउँछ ।

वेबसाइटमा जानुहोस्

रुपान्तरण नेपाल

रुपान्तरण नेपाल एक गैर–नाफामूलक, गैरराजनीतिक र गैर सरकारी संस्था हो । रुपान्तरण ज्ञान, कार्य र साझेदारीको माध्यमबाट प्राकृतिक स्रोत, स्रोत प्रयोगकर्ता र संशाधन संस्थाहरूमा रूपान्तरण ल्याउन प्रतिबद्ध छ ।

रुपन्तरण नेपालले GRAPE लाई साझेदार नगरपालिकाहरूका लागि विशेष जलवायु परिवर्तनका मुद्दाहरू बुझ्न सहयोग गर्दछ । उनीहरूले GRAPE को साझेदार नगरपालिकाहरूमा कृषि र पशुधनका क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको मूल्याङ्कन गर्छन् । सहभागितामूलक प्रक्रियामा, रुपान्तरणले पहिले पहिचान गरिएका चुनौतीहरू र सम्बन्धित नगरपालिकाहरूद्वारा गरिएका कामका खाडलहरू पहिचान गर्न विद्यमान स्थानीय रणनीतिहरू र योजना दस्तावेजहरूको मूल्याङ्कन गरेको छ । यस कार्यले कार्य क्षेत्र १ मा योगदान पु¥याउँछ, जसमा साझेदार नगरपालिकाहरूलाई उनीहरूको स्थानीय योजनामा समावेश हुने गतिविधिहरू पहिचान गर्न सहयोग गर्दछ ।

फिन चर्च एड (एफसीए) को एक साझेदारको रूपमा, रूपान्तरणले कार्यक्रमका साझेदार नगरपालिकाहरूमा थप सीमान्तकृत किसान समूहहरूको लागि स्थलगत जलवायु स्कुलहरू पनि सञ्चालन गर्दछ ।

वेबसाइटमा जानुहोस्

फिन चर्च एड (एफसीए)

एफसीए विकास र मानवीय सहायताको लागि काम गर्ने फिनल्याण्डको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था हो । एफसीएले संसारको सबैभन्दा नाजुक परिस्थिति तथा सन्दर्भहरूमा विशेषज्ञता हासिल गरेको छ र उनीहरूको शिक्षा, जीविकोपार्जन र शान्तिको प्राथमिकता क्षेत्रहरूमा सबैभन्दा जोखिममा परेका तथा कमजोर मानिसहरूसँग काम गर्दछ ।

एफसीएले GRAPE लाई जलवायु उत्थानशील कृषि (सीआरए) लाई प्रबद्र्धन गर्न, किसानहरूलाई जानकारी एवं ज्ञान प्रदान गर्न, तथा ज्ञान बाँड्न र फराकिलो पारिस्थितिक प्रणालीमा दिगो सहयोग सिर्जना गर्न कृषि ज्ञान र नवीनता प्रणाली, एकीस) लाई सहयोग गर्दछ ।

रुपान्तरणसँग मिलेर, तिनीहरूले सीमान्तकृत समूहका मूल्यश्रृंखलामा आधारित उत्पादकहरूलाई सहयोग गर्ने लैङ्गिक र अपाङ्गता मैत्री जलवायु क्षेत्र विद्यालयहरू सञ्चालन गर्छन् । यस प्रक्रियाको एक हिस्साको रूपमा, कृषि र पशु प्राविधिकहरूले सम्बन्धित समूहहरूमा पुग्न आफ्नो क्षमता बढाउन सक्छन् । स्थानीय रेडियोहरूसँगको सहकार्यमा, ज्ञान र परामर्श कार्य परियोजना स्थानहरूमा र बाहिरका किसानहरू र मूल्यश्रृंखला कर्ताहरूसम्म पुग्छ । भिजुअल गाइडहरू र अन्य लक्ष्य–विशिष्ट सञ्चार सामग्रीहरूले सबै तहमा जागरूकता निर्माण र ज्ञान साझेदारीलाई सहयोग गर्दछ । अभ्यासमा आधारित समुदाय स्थापना गरेर, गैर–सरकारी संस्थाहरू (एनजीओ र आईएनजीओ) बीचको सहयोगलाई मद्दत गरिन्छ, साझेदारी सिर्जना गर्न र सीआरए अभ्यासहरूको प्रयोगलाई सहयोग गर्दछ ।

वेबसाइटमा जानुहोस्

हेफर इन्टरनेशनल नेपाल

हेफर इन्टरनेशनल नेपाल दिगो तवरले भोक र गरिबीको अन्त्य गर्न समर्पित विश्वव्यापी विकास संस्था हो । हेफर नेपालले गुणस्तरीय पशुपालन, पोषण सुधार र आधुनिक तालिम र बजारमा पहुँचको साथ आम्दानी बढाउन किसानहरूसँग निकट रहेर काम गर्दछ ।

हेफर इन्टरनेशनल नेपालले साझेदार नगरपालिका र अन्य सम्बन्धित स्थानीय सरोकारवालाहरुसँगको सहकार्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा अवस्थित बाख्रा तथा दुग्धपालनमा संलग्न साना पशुपालक किसानहरुको जलवायु अनुकूलता निर्माण गर्ने लक्ष्य राखेको छ ।

वेबसाइटमा जानुहोस्

जीओकृषि– नेपालमा डिजिटलाइज कृषि

जीओकृषि पाथवे टेक्नोलोजी प्रालिद्वारा विकसित वेब र मोबाइल एप्लिकेसन हो । जीओकृषि फार्म एपले व्यापारिक र साना कृषकहरूले सामना गर्ने चुनौतीहरू समाधान गर्न निर्मित एक व्यापक डिजिटल कृषि प्लेटफर्म प्रदान गर्दछ ।

जीओकृषिले एक डिजिटल कृषि प्लेटफर्म प्रदान गर्दछ, डाटामा आधारित दृष्टिकोणले ज्ञानलाई कार्ययोग्य, समयसापेक्ष, र सन्दर्भ–विशिष्ट सल्लाहकारमा अनुवाद गर्दछ । सल्लाहकारले फसल मूल्य श्रृंखलाका सबै चरणहरूलाई समेट्छ । GRAPE मा जलवायु उत्थानशील कृषि सम्बन्धी ज्ञान एपको सार्वजनिक रूपमा पहुँचयोग्य भागमा समावेश गरिएको छ र साझेदार नगरपालिकाहरूले जीओकृषिको परामर्श सेवामामा पहुँच प्राप्त गर्छन् ।

वेबसाइटमा जानुहोस्

Global Shapers Kathmandu Hub

The Global Shapers Community, an initiative of the World Economic Forum, is a network of city-based hubs developed and led by young leaders aged between 18 and 30 years old who strive to develop their leadership potential toward serving the society. Kathmandu Hub was formed in 2012 bringing together youth from diverse backgrounds united in their collective goal to shape a more equitable, inclusive, and greener future for our community and currently works across broad topics of Mental Health, Education, Climate Change, Civic Engagement among various other themes. 

Within GRAPE, Kathmandu Hub has produced a significant impact in educating the youth and engaging young voices on the topic of climate-resilience and agriculture. They have been providing invaluable contributions in promoting green economy amongst the young generation in Sudurpaschim and Karnali provinces. 

वेबसाइटमा जानुहोस्

KU SOM Policy Lab

The KU SOM Policy Lab is the public policy think tank and a platform within Kathmandu University School of Management (KUSOM). The think tank aims to approach public policy problems in Nepal with a group of specialist team, university students, and experts working in a creative space to analyze complex policies, evaluate, and recommend policy reformation required to serve the interest of the general public.

With GRAPE, KU SOM Policy Lab is facilitating local governments for the formulation of Municipal Agriculture Development Strategic Action Plans (MADSAP) in all our 19 partner municipalities and strives to create a robust framework for sustainable agricultural development through participatory and inclusive processes. 

वेबसाइटमा जानुहोस्

WeltHungerHilfe (WHH)

Welthungerhilfe (WHH) Nepal is dedicated to empowering local communities through enhanced food and nutrition security. WHH works with the civil society to empower socially marginalized and economically poor citizens to ensure their right to adequate food and nutrition. They are working in 11 districts of Madhesh, Bagmati, Lumbini, Karnali and Sudurpaschim provinces in six thematic ares such as Agriculture and Environment; Water, Sanitation and Hygiene; Food and Nutrition; Economic Development; Humanitarian and Civil society including Social Empowerment.

With GRAPE, WHH focuses on agro-ecological approach to address the needs and aspirations of the community through innovative and transformative interventions. Together with our implementing partner, Youth Innovation Lab, it has been implementing “Business Incubation for Strengthened Local Agri-food Systems in Karnali” project with the aim to enhance green marketplaces in Karnali province by providing business incubation services to 300 agri-entrepreneurs or ecopreneurs along with 40 business intermediaries focusing on creating environmentally sustainable businesses. 

वेबसाइटमा जानुहोस्

Youth Innovation Lab

Youth Innovation Lab is a not-for-profit company that operates at the intersection of emerging cutting-edge technologies and their applications, equipping young professionals to address new challenges. Its mission is to engage young people in bridging science to people and policy through innovation. YI-Lab leverages indigenous knowledge and a citizen science approach, develops low-cost technological solutions, promotes open data and entrepreneurship, and conducts evidence-based advocacy campaigns.

YI-Lab together with WeltHungerHilfe (WHH) supports GRAPE in championing innovation and technology. They work with young innovators like ecopreneurs and agri-entrepreneurs to make a difference by providing them with the tools and support they require to make a positive impact in their communities.

वेबसाइटमा जानुहोस्

The Organic Valley Pvt Ltd.

The Organic Valley (TOV), a private enterprise, is a pioneer private sector in promoting organic agriculture and food practices in Nepal. Organic semi-processed spices like Ginger, Turmeric, Himalaya Pepper, Cardamom, etc. are on the product list of TOV which are exported to the EU, mainly the Martin Bauer Group.
The TOV factory is located in Bheriganga Municipality, Surkhet where the spices are processed for export.

In partnership with the GRAPE project, TOV works with over 500 farmers and five cooperatives involved in the cultivation of citrus, ginger, and nettle. This collaboration focuses on supporting and capacitating these farmers in production, obtaining organic certification, and processing these crops. To expand the production and processing base, a satellite unit is being established in Kailali, Chure Rural Municipality of Sudurpashchim Province.

वेबसाइटमा जानुहोस्

Seed Innovations

Seed Innovations Pvt. Ltd. (SI) is an agritech startup in Nepal that empowers farmers to make data-driven, climate-smart agriculture decisions. Its digital platform “PlantSat” offers digital advisory services, satellite/weather-based decision support, and access to agriculture insurance and credit products, connecting farmers, insurers, banks and extension officers. We aim to increase agricultural resilience, productivity, and incomes, as well as improve food security, digital literacy, inclusivity, and long-term economic benefits through innovation.

It is piloting a project to provide digital climate risk insurance and satellite-integrated extension services to potato and orange farmers in Dailekh, Doti, and Dadeldhura districts under GRAPE. This innovative project aims to equip farmers with digital tools to manage risks associated with climate change, pests, and diseases and facilitate enrollment in government-subsidized crop insurance through a user-friendly mobile app. Similarly, it provides satellite-based data and best management practices (BMPs) to optimize farm management
and boost yields.

वेबसाइटमा जानुहोस्