Bermain di Slot gacor 2025 memberikan kesempatan lebih besar meraih jackpot maxwin melalui link situs slot gacor terpercaya yang sudah terbukti aman, mudah dimenangkan, dan penuh keuntungan cuan di slot gacor.
आलुको बीउ जोगाउन गाउँमै ‘रस्टिक स्टोर’
location
Khumaltar, Lalitpur

आलुको बीउ जोगाउन गाउँमै ‘रस्टिक स्टोर’

24 Dec, 2024

अन्नबालीको खेतीले गुजरा चलेन । दुख अनुसार उत्पादन पनि भएन । अनि किसानले आलुखेती गर्न थाले । सुहाउँदो हावापानी भएकाले आलुखेती फस्टायो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १६ का किसानले आलुको  खेती थाले । अन्नबाली भन्दा आलुको खेतीबाट तेब्बर फाइदा भयो । त्यसपछि गाउँका अधिकांश किसानले आलुको खेतीलाई व्यवसायिक नै बनाए ।

तर किसानलाई आलुको बीउ जोगाउन भने मुश्किल भयो । घरमा भण्डारण गरिएको बीउ कुहिने र किराले नष्ट गर्ने समस्या बढ्‌यो । रोप्नुभन्दा पहिले नै टुसा पलाएर उम्रिने समस्याले किसान हैरान भए । बीउ नै जोगाउन नसक्दा किसानले चाहेजति आलु लगाउन पाएनन् । बीउको लागि हारगुहार नै गर्नुपर्ने अवस्था बन्यो । खेतीको सिजनमा आलुको बीउ नपाउँदा कतिपय किसानका बारी बाँझै रहे । कतिपय किसान अर्को गाउँबाट महँगो मूल्यमा बीउ खरिद गर्न बाध्य भए । बीउको अभावले किसानलाई बर्सेनी सताइरह्‌यो ।

तर यहाँका किसान हिजोआज दंग छन् । कारण अब आलुको बीउ कुहिने छैन । अर्थात आलुको बीउ सुरक्षित हुन थालेको छ । किसानले भोग्दै आएको आलुको बीउको अभाव पनि टरेको हो । हिजोआज यहाँका किसानले आलुको बीउ सुरक्षित रुपमा भण्डारण गर्न थालेका छन् । आलुको बीउ जोगाउनका लागि गाउँमै रस्टिक स्टोर (आलुको बीउलाई उपयुक्त तापक्रममा भण्डारण गर्न मिल्ने घर) स्थापना भएको छ । वीरेन्द्रनगरको वडा नं १६ स्थित पाखापानीमा निर्माण भएको यही रस्टिक स्टोरमा किसानले आलुको बीउ भण्डारण गर्न थालेका छन् । जहाँ आलुको बीउ सुरक्षित हुन्छ । यसलेगर्दा किसानले खेतीको बेलामा आलुको बीउ नपाउने समस्याबाट मुक्ति पाएका हुन् ।

वीरेन्द्रनगर-१६ मेहेलीका किसान गिता खत्री भन्नुहुन्छ,‘आलुको बीउ जोगाउन नसकेर हामी हैरान थियौं, घरमा राखेको बीउ कुहिएर खेर जान्थ्यो । किराले नष्ट गर्दा रोप्ने बेलामा आलुको बीउ नै पाइन्थेन, गाउँभरी खोज्दा पनि बीउ नपाउने समस्या थियो ।’ उहाँले पछिल्लो ४ बर्षदेखि गाउँमै रहेको पाँच रोपनी जग्गामा व्यवसायिक रुपमा आलु खेतीगर्दै आउनु भएको छ । तर रोप्ने बेलामा आलुको बीउ नपाउने समस्याले हैरान भएकी उहाँ अचेल खुशी हुनुहुन्छ । कारण उहाँले गाउँ नजिकै स्थापना भएको रस्टिक स्टोरमा आलुको बीउ भण्डारण गर्न थाल्नु भएको छ । ‘मैले तीन क्वीण्टल आलुको बीउ रस्टिक स्टोरमा राख्छु’ गिताले भन्नुभयो,‘अब बीउ खोज्दै भौंतारिनुपर्ने समस्या छैन, बीउ नपाएर बारी बाँझै राख्नुपर्ने बाध्यता पनि टर्‍यो ।’

आफूहरुले बर्सेनी झेल्दै आएको आलुको बीउ नपाउने समस्याको समाधान रस्टिक स्टोरले गरिदिएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । पहिले घरमा खानका लागि मात्र आलु खेती गर्ने उहाँ पछिल्ला बर्षहरुमा २२ क्वीन्टल आलु उत्पादन गर्नुहुन्छ । त्यसको बिक्रीबाट बर्षमा कम्तिमा १ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।स्थानीय किसान लोकबहादुर खड्‌का ५० बर्ष पुग्नुभयो । उहाँले आलु खेती गर्न थालेको ३० बर्ष भयो । सुरुवातमा उहाँले जीविकोपार्जनका लागि मात्र खेती गर्नुहुन्थ्यो । उहाँले पछिल्लो दुईबर्ष यता व्यवसायिक खेती गर्दै आउनु भएको छ। आलुबाट राम्रै आम्दानी हुन थालेको छ। 

तर उहाँले पनि खेतीको सिजनमा आलुको बीउ नपाउने समस्या भोग्नुभयो । घरमा राखेको आलुको बीउ कुहिने, ढुसी लाग्ने, चाउरिने, किराले नोक्सान गर्ने र टुसा उम्रिने समस्याले हैरान भएको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘पहिले त यहाँ गर्मी नै हुन्थेन, आलुको बीउ कुहिने र किरा लाग्ने समस्या थिएन । तर ८-१० बर्षजति भयो, घरमा राखेको बीउ कुहिएर जोगाउनै सकेनौं ।’ बीउ जोगाउन नसकेर आफूहरुले आलु लगाउने बेलामा बीउको अभाव झेल्दै आएको सुनाउँदै उहाँले अचेल रस्टिक स्टोरमा बीउ राख्न थालेपछि त्यो समस्याको अन्त्य भएको बताउनुभयो । उहाँले अहिले बर्षमा करिब १० रोपनी जग्गामा आलुको खेती गरेर ५० क्वीन्टल आलु उत्पादन गर्नुहुन्छ । त्यसको बिक्रीबाट बर्षमा २ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । आलुबाट भएको आम्दानीले घरखर्च चलाउन सहज भएको किसानको भनाइ छ ।

के हो रस्टिक स्टोर ?
    रस्टिक स्टोर आलुको बीउ सुरक्षित रुपमा भण्डारण गर्न निर्माण गरिएको भवन हो । जहाँ कृतिम चिस्यानको प्रयोग भने हुँदैन । अर्थात प्राकृतिक रुपमा उपलब्ध हुने चिसोमा नै आलुको बीउ भण्डारण गरिन्छ । वीरेन्द्रनगर-१६ स्थित पाखापानी बस्तीभन्दा उचाइमा रहेको स्थान हो । चिसो हावापानी भएकाले शितभण्डारको काम यही रस्टिक स्टोरले गर्दछ । रस्टिक स्टोरका लागि १२ लाख ५७ हजार ४६१ रुपैयाँको लागतमा एउटा भवन निर्माण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र न्च्ब्एभ् परियोजनाको साझेदारीमा रस्टिक स्टोर निर्माण गरेर संचालनमा ल्याइएको हो ।

यो रस्टिक स्टोरमा १० मेट्रिकटन आलुको बीउ भण्डारण गर्न सकिन्छ । यो भवनमा स्थानीय ढुंगा, माटो र काठको प्रयोग गरिएको छ । छानोमा जस्ताको पाता लगाइएको छ । बाहिरबाट हेर्दा सामान्य भवन नै हो । तर भवनभित्र कोठा भने छैनन् । भवनभित्र काठका २४ वटा र्‍याकमात्र राखिएका छन् । तिनै र्‍याकमा किसानले आफ्‌नो आलुको बीउ राख्छन् । र्‍याकमा किसानको नामअनुसार नम्बरिङ गरिएको छ । जसलेगर्दा कसको बीउ हो भन्ने सहजै जानकारी हुन्छ । प्राकृतिक रुपमै यहाँको हावापानी चिसो भएकाले आलुको बीउ सुरक्षित हुन्छ । यद्यपी भवनभित्र सहजै हावा पस्न सकोस् भनेर १६ वटा झ्‌याल राखिएका छन् । किराको प्रवेश रोक्न झ्‌यालमा जाली लगाइएको छ ।

यो स्थानमा हिउँदको समयमा घाम कम लाग्ने र शित धेरै पर्ने भएकाले पनि चिसो हुन्छ । त्यही चिसोले गर्दा आलुको बीउ सुरक्षित हुन्छ । स्थानीय जुनेली कृषक समूहका अध्यक्ष मीनबहादुर खड्‌का भन्नुहुन्छ,‘रस्टिक स्टोर हाम्रा लागि शितभण्डार नै हो, तर यहाँ विद्युतको प्रयोग र कृतिम चिस्यान भने छैन । यहाँको मौसम नै हाम्रो बस्ती भन्दा चिसो भएकाले चिस्यान केन्द्रको काम गर्छ, यहाँ राखिएको आलुको बीउ सुरक्षित हुन्छ ।’ उहाँका अनुसार किराको संक्रमण नहुने, चिसोले गर्दा नकुहिने, ढुसी नलाग्ने, चाउरिने समस्या नआउने, मुसाबाट जोगिने र टुसा पनि नउम्रिने भएकाले आलुको बीउ जोगाउनका लागि रस्टिक स्टोर किसानका लागि उपयोगी बनेको हो ।समूहका सदस्यले आफूलाई आवश्यक पर्ने आलुको बीउ यही रस्टिक स्टोरमा भण्डारण गर्दछन् ।

करिब ५ महिनासम्म बीउ आलु रस्टिक स्टोरमा नै रहन्छ । माघको अन्तिम साताबाट रस्टिक स्टोरबाट आलुको बीउ निकाल्न सुरु गरिन्छ । फागुनमा किसानले आलुको बीउ रोप्छन् । ‘बीउ भण्डारण गर्नका लागि समूहका सदस्यलाई प्राथमिकता दिएका छौं’ जुनेली कृषक समूहका अध्यक्ष खड्‌काले भन्नुभयो,‘सदस्यलाई भण्डारण निशुल्क छ, तर समूहमा आवद्ध नभएका किसानलाई भने भण्डारण गर्दा शुल्क लाग्छ ।’ लेंडाको लालीगुराँस कृषक समूहका सदस्यले पनि यहाँ बीउ भण्डार गर्दछन् ।