Bergabung dan mainkan game paling gacor di Slot gacor, platform slot online terpercaya yang menghadirkan jackpot gampang dimenangkan serta pengalaman bermain seru setiap hari. Bermain di Slot gacor 2025 memberikan kesempatan lebih besar meraih jackpot maxwin melalui link situs slot gacor terpercaya yang sudah terbukti aman, mudah dimenangkan, dan penuh keuntungan cuan di slot gacor.
दुना टपरी बनाएर उद्यमी बन्दै महिलाहरु
location
ललितपुर

दुना टपरी बनाएर उद्यमी बन्दै महिलाहरु

24 Dec, 2024

खेतीपाती, चुलो चौका र घसायसी कामबाट बचेको समयमा थालेको दुना टपरी बनाउने कामले कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ गौरीटोल बडेराका महिलाहरु उद्यमी बन्दै गएका छन् । 
दश जना महिलाहरुले समूह बनाएर तीन वर्षअघि शुरु गरिएको मिलन लघु उद्यमी दुना टपरी उद्योगले गौरीटोलका महिलाहरुलाई उद्यमी बनाएको हो । शुरुवाती चरणमा दश जना महिला सदस्य रहे पनि चार जनाले स्वइच्छाले छोडेपछि उद्योगमा छ जना महिलाहरु काम गर्दै आएका छन् ।

धनगढी उपहानगरपालिकाले तीन वर्षअघि सञ्चालन गरेको दुना टपरी बनाउने तालिममा सहभागी भएपछि उनीहरुले समूह बनाएर उद्योग दर्ता गरेका थिए । वडा कार्यालय र नगरपालिकाले तालिमसँगै उनीहरुलाई तीन वटा दुना टपरी बनाउने हाते मेसिन उपलब्ध गराएको थियो ।

मोहना नदीको किनारमा अवस्थित गौरीटोलका ती महिलाहरु साताको बुधवार र शनिवार दुई दिन छिमेकी जिल्ला कञ्चनपुरको जंगलबाट सालका पात टिपेर ल्याउँछन् । ‘घरको काम सकेर खाली बसेको समयमा हामी एकै ठाउँमा जम्मा भएर सालका पातको टपरी र दुना बनाउने गरेका छौं’ समूहकी अध्यक्ष गीता भट्‌टले भनिन् ‘शुरुमा वडाले दिएको तालिम र मेसिनबाट काम शुरु गरेका थियौं, त्यत्ति राम्रो गर्न सकेका थिएनौं, जंगल टाढा भयो, उत्पादन पनि राम्रो हुन सकेको थिएन ।’

दुई वर्षअघि उपमहानगर पालिकाले प्लाष्टिक मुक्त पालिका घोषणा गरेसँगै उनीहरुको दुना टपरी उद्योगले गति लिएको छ । ‘हामी छ जना महिला दिदीबहिनीहरु काम गर्दै आएका छौं, पालिकाले प्लाष्टिक मुक्त पालिका घोषणा गरेपछि दुना टपरीको बजार माग समेत बढ्‌दै गएको छ’ अध्यक्ष भट्‌टले भनिन् ‘उनीहरुले उत्पादन गरेका विभिन्न साइजका दुना टपरी धनगढीका पूजा पसल, चाट पसल, नास्ता पसल, किराना पसल तथा स्थानीय कृषि हाट बजारमा बिक्री हुने गरेका छन् । अध्यक्ष भट्‌टका अनुसार ५० वटाको एक प्याकेट बनाएर उनीहरुले बिक्री गर्दै आइरहेका छन् । बजारमा सानो दुनाको ३५, दुनाको ५०, प्लेटको १ शय, ठूलो प्लेटको १ शय २५ र टपरीको २ शय ५० रुपैयाँ प्रति प्याकेटका दरले बिक्री हुँदै आएको छ । खण्डे टपरी समेत उत्पादन गर्दै आएका उनीहरुले प्रति टपरी ८ रुपैयाँका दरले बिक्री गरिरहेका छन् ।

समूहकी सचिव लाहनी चौधरीले भनिन् ‘‘जंगलबाट सालका पात टिपेर ल्याउने, टपरी, दुना गाँस्ने, सुकाउने त्यसपछि मेसिनमा डाई राखेर उत्पादन गर्दा हाम्रो लागत बढी हुन्छ तर घरमा खाली बसेर समय खेर फाल्नु भन्दा दुना टपरी बनाएर बिक्री गरिरहेका छौं, पहिले भन्दा बजारको माग बढ्‌दै गएको छ । उत्पादन बढाउन सके आम्दानी समेत राम्रो हुने देखिएको छ ।’
स्थानीयले विवाह, ब्रतबन्ध, पूजापाठ, तीज, सोह्र श्राद्ध, दशैं, तिहार जस्ता चाडपर्वको बेला दुना टपरीको माग बढी हुन्छ । हाते मेसिनबाट मासिक १५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका उनीहरुलाई न्च्ब्एभ् परियोजनाको सहयोगमा नगरपालिकाले स्वचालित मेसिन उपलब्ध गराएको छ । स्वचालित मेसिनबाट उत्पादन बढाई आम्दानी वृद्धि गर्न सकिने उनीहरु बताउँछन् ।

‘बजारको माग राम्रो भएपछि संस्थाले हामीलाई स्वचालित मेसिन दिएको छ, यसमा थप महिलालाई जोडेर उत्पादन बढाउने योजना बनाएका छौं’ अध्यक्ष भट्‌टले भनिन् ‘हाते मेसिनबाट भन्दा स्वचालित मेसिनबाट हामी बढी उत्पादन गरिरहेका छौं, अहिले दैनिक १ हजार ५ शय दुना टपरी उद्योगबाट उत्पादन भइरहेको छ ।’दुना टपरी बिक्रीबाट भएको आम्दानी उनीहरुले समूहमा जम्मा गर्छन् । महिनाभरिको हिसाब गरेर बचेको रकम काम गरिरहेका सदस्यहरु आपसमा बाँड्‌छन् । ‘थोरै भए पनि घरायसी खर्चका लागि हामीले अरुको भर पर्नु परेको छैन’ समूहकी सदस्य जयालक्ष्मी चौधरीले भनिन् ‘मेसिन आएपछि हाम्रो आम्दानी समेत बढेको छ । खाली समयमा समूहमा बसेर गरेको कामले भएको आम्दानीबाट घर खर्च चलेको छ ।’

प्लाष्टिक मुक्त पालिका घोषणा हुनुअघि धनगढीमा प्लाष्टिकका दुना टपरीको प्रयोग हुँदै आएको थियो । पालिकाले विभिन्न वडाका महिलाहरुलाई दुना टपरी बनाउने तालिम र हाते मेसिन सहयोग गरेपछि दुना टपरीको प्रयोग बढ्‌दै गएको हो । वातावरणमैत्री दुना टपरी धार्मिक कार्यमा अनिवार्य जस्तै हुन्छ ।


स्वचालित मेसिनबाट उत्पादन हुने दुना, टपरी निकै आकर्षक र राम्रा देखिन्छन् । मेसिनबाट साना, ठूला, खण्डे टपरी उत्पादन गर्न सहज भएको छ । जलवायु परितर्वनका असर न्यूनिकरण गर्न प्लाष्टिकजन्य सामग्रीको उपयोग विस्थापित गर्दै जलवायुमैत्री दुना, टपरीलाई प्लेट, कचौरा र थालीका रुपमा प्रयोग गर्न सकिन्छ । परियोजनाले गरेको सहयोगबाट महिलाहरुलाई उद्यमी मात्रै बनाएको छैन वातावरणमैत्री उत्पादनमा टेवा पुर्‌याउँदै वातावरण प्रदुषणको मुख्य कारक मध्ये एक मानिने प्लाष्टिकजन्य उत्पादनलाई निरुत्साहित गरेको छ ।